धरान  / प्रदेशसभाले बुधबार प्रदेशको नामकरण गरेकोमा एम्स एकेडेमीले बिहीबार विद्यालयमा स्वागत कार्यक्रम आयोजना गरेको छ ।

त्यस क्रममा विद्यार्थी र शिक्षकहरूले विद्यालय प्राङ्गणमा प्रदेशको नक्शा बनाएका थिए । विभिन्न रङको प्रयोग गरेर १४ जिल्लासहित बनाइएको नक्शावरिपरि शिक्षक र विद्यार्थीहरूले मैनबत्ती बालेर खुशी व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन सङ्काय निर्देशक दुर्गा सुवेदीले प्रदेश सरकारले बिहीबार सार्वजनिक विदा दिनुको कारण विद्यार्थीहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । 

3

प्रदेशको नामकरण गर्न सफल भएकोमा उनले प्रदेशसभालाई धन्यवाद पनि दिए । कार्यक्रममा एकेडेमीका शिक्षक विदुर महतले देशको शासकीय संरचनाबारे विद्यार्थीहरूलाई जानकारी दिएका थिए ।

बुधबार बसेको प्रदेशसभाले प्रदेश नम्बर १ को नाम कोशी पारित गरेको छ । छवटा प्रदेशले यसअघि नै नाम राखिसकेका छन् । सबैभन्दा ढिलो नामकरण गर्ने प्रदेश यही प्रदेश भएको छ । 

1