धरान /  आयोजक होराइजन क्लबले सातौ संस्करणको राष्ट्रिय होराइजन रनिङ कप बास्केटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । 

धरान १७ स्थितहोराइजन बास्केटबल कोर्टमा आइतबार सम्पन्न खेलमा आयोजकले ज्याकवट क्लब झापालाई ४४ का बिरुद्ध ७२ स्कोरले पराजित गरेको हो । प्रतियोगितामा सर्वाधिक १९ स्कोर गरेका आयोजकका प्रबिन मगर म्यानअफ द म्याच भए ।

सोमबारको खेल विभागीय टिम नेपाल पुलिस क्लब र हलिल्याण्ड इन्टरनेशनल कलेज धरानबीच हुनेछ । फागुन २७ गतेसम्म चल्ने प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछ । प्रतियोगितामा दुई बिभागीय सहित ८ टिमको सहभागीता छ । २०६९ साल देखी सुरु भएको होराइजन रनिङकप बास्केटबल काठमाण्डौ उपत्यका बाहिर सञ्चालन हुदै आएको नेपालको पहिलो बास्केटबल प्रतियोगिता हो ।