धरान / महिलाहरुको वृत्ति विकास गर्ने उद्देश्यले स्थापना भएको बरगाछी महिला समूह पछिल्लो समय सामाजिक कार्यमा अग्रसर बन्दै गएको छ ।

एक वर्ष अगाडि गठन भएको यो संस्थामा अहिले ३५ जना महिला आवद्ध रहेका छन् । महिलाहरु सधै चुला चौकामा मात्र सीमित नभई सामाजिक कार्यमा पनि अग्रसर रहुन भन्ने उद्देश्यले एक बर्ष अगाडि गठन गरिएको अध्यक्ष चन्द्रकला प्रधानले बताइन् । उनले भनिन्–‘महिलाहरु क्षमता हुँदा हुँदै पनि चुलाचौकमा सीमित भए, आफूभित्र भएको क्षमता प्रदर्शन गर्ने, सामाजिक कार्यमा सक्रिय गराउने उद्देश्यले यो संस्थाको गठन गरिएको हो, गठन भए यता धेरै कामहरु गरेको छ ।’

334955284_2134818253368811_3435774523615516041_n-(1)

संस्था गठन भए लगत्तै यो संस्थाले सक्रियता बढाएको छ । केही समय अगाडि रगतको अभावबाट कोही पनि विरामी मर्नु नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रममा सरिक भएको थियो त्यसबेला ६७ पिन्ट रगत संकलन भएको थियो । यस्तै संस्थाकै मातहतमा महिलाहरुलाई आत्मनिर्भर बनाउन हेयर कटिङ तालिमको आयोजना गरेको थियो जसमा ३० जना महिला सहभागी थिए । संस्थाकी अध्यक्ष प्रधान भन्छिन्–‘सामाजिक कार्यसँगै महिलालाई आत्मनिर्भर बनाउने हाम्रो उद्देश्य हो जस अनुरुप पहिलो कार्यक्रम हामीले हेयर कटिङको तालिम आयोजना गरेका थियौैं, त्यसबेला ३० जना महिला सहभागी थिए, १५ जना बरगाछी महिला समूहमा आवद्ध रहेका र १५ धरान ८को टोल विकास समितिका महिलाहरु सहभागी थिए ।’

334746336_5889198307795638_1619543280232326404_n

इतिमात्र हैन घर आँगन स्वच्छ र सफा राख्नुपर्छ भन्ने मूल अभिप्रायले यो संस्थाले विभिन्न ठाउँमा सरसफाइको कार्यक्रम समेत गदै आएको छ । यसै अनुरुप संस्थाले अन्तर्राष्ट्रिय नारी दिवसका दिन समेत सरफाइ गर्ने योजना बनाएको छ । संस्थाकी अध्यक्ष प्रधान भन्छिन्, ‘हामीले धेरै पटक सरसफाइका कार्यक्रमकहरु गरिसकेका छौं, बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन पनि हामीले सरफाइ गर्ने कार्यक्रम राखेका छा्रै, धरान ८ बरगाछीदेखि तीनकुनेसम्म हामी सरसफाइ गछौै ।’

लामो समय अध्यापन पेशामा समर्पित प्रधान धरान १९ को किराँतेश्वर माविको प्रअबाट अवकाश पाइसकेपछि समाजमा केही न केही गर्नुपर्छ भनेर यो संस्था गठन गरिएको थियो । उनको यो सोचलाई अहिले बरगाछीका महिलाहरुले साथ दिँदै आएका छन् । जसका कारण यो संस्था निरन्तर क्रियाशील बन्दै आएको छ ।