धरान / धरानेहरुका लागि अपरिचित नाम होइन मिना पुलामी । राजनीतिक, सामाजिक कार्यमा सक्रिय पुलामी उमेर ढल्किदै जाँदा पनि आफ्नो कर्मलाई निरन्ता दिँदै आएकी छन् ।

उनलाई धरानलेमात्र हैन प्रदेश नं. १ मै राजनीतिककर्मी, महिला अधिकारकर्मीको रुपमा चिन्ने गरिएको छ । २०३६ सालमा राजनीतिमा लागेकी पुलामी एक पटक राष्ट्रिय सभाको सदस्यको उमेद्वार समेत बनेकी थिइन् । लामो समयसम्म महिला अधिकारको लागि लड्दै आएको महिला सञ्जालमा अध्यक्षको भूमिका कुशलतापूर्वक निर्वाह गरेकी थिइन । उनले त्यसबेला महिलाहरुलाई परेका पीरमार्का, अधिकार, घरेलु हिंसा लगायतका कुरामा सक्रिय रहेर धेरै महिलाहरुको उद्धार समेत गरेकी थिइन् ।

महिला सञ्जालको अध्यक्ष नहुँदा पनि पुलामीको सक्रियता घटेको छैन । उनी भन्छिन्–‘म महिला सञ्जालमा आवद्ध भएर धेरै महिला दिदीबहिनीहरुको सेवा गर्ने मौका पाए, अहिले पनि महिला दिदी बहिनीहरुलाई परेको पीरमार्कामा आफू सहभागी भएर सहयोग गर्ने गरेकी छु ।’

उनले महिला हिंसा, उत्पीडनमा परेका महिलाहरुको न्यायको लागि अहिले पनि लड्दै अएकी छन् । विभिन्न संघ संस्थामा काम गरेसकेकी पुलामीले लायन्स कलव लगायत धेरै सामाजिक संघ संस्थामा काम गरिसकेकी छन् । हाल उनी नेपाल मगर महिला संघको केन्द्रीय सदय समेत रहेर महिलाहरुको हक हितमा निरन्तर काम गर्दै आइरहेकी छन् ।