धनकुटा /  साँगुरीगढी गाउँपालिका ७२ जना किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको छ ।

साँगुरीगढी गाउँपालिको ८० प्रतिशत तथा सहकारी संस्थाको २० प्रतिशत लागत साझेदारीमा ७२ जना सदस्य किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरिएको हो । गाउँपालिकाको वडा नं ४ मा रहेको जाल्पादेवी वहुउद्देश्यीय सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा किसानलाई कृषि सामाग्री तथा विउँविजन प्रदान गरेको जनाइएको छ ।

कृषकहरुलाई गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्जादी राईले किसानहरुलाई सो सामाग्रीहरु वितरण गरेका थिए । किसानलाई कृषि सामाग्री अन्र्तगत टनेल घर निर्माणका लागि प्लाष्टिक, प्लाष्टिक मर्चिङ, इलेक्ट्रिक स्प्रेस र विउँ विजन अन्तर्गत काउली, लाम्चे खोर्सानी र गोलभेंडाको विउ प्रदान गरिएको जाल्पादेवी बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष खड्ग लिम्बुले जानकारी दिएका छन् ।