धरान /  नेपाल पुलिस क्लब सातौ संस्करणको राष्ट्रिय हराइजन रनिङकप बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

 धरान १७ स्थित बास्केटबल कोर्टमा विहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक हराइजन क्लबलाई ७९ का बिरुद्ध ८७ स्कोरले पराजित गर्दै पुलिस उपाधी नजिक पुगेको हो । घरेलु टिमबिरुद्ध जित निकाल्न ब्यक्तिगत २० स्कोर गरेका पुलिसका सायुन राई प्लेयर अफ द म्याच घोषित हुदै नगद २ हजार पाए ।

पुलिसले अब उपाधीका लागि शुक्रबार हुने टाइम्स कलेज काठमाण्डौ र बिभागीय टिम त्रिभुवन आर्मी क्लब बिचको अन्तिम सेमीफाइनल बिजेतास“ग शनिबार पतिष्पर्धा गर्नेछ । प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ११ हजार र उपबिजेताले ५५ हजार पाउनेछन् ।