धरान / विराटनगरमा ‘गल्र्स अन ब्हील’ प्रतियोगिताको आयोजना भएको छ । 

विराटनगर प्राइम राउण्ड टेवल नेपालको आयोजनामा शनिबार राती सम्पन्न भएको  प्रतियोगितामा स्वेच्छा थापा र सावित्री ढकालको जोडीले प्रथम स्थान हासिल गरेका छन् । 

उनीहरुले लर्ड कम्पनीको एसी पाएका थिए । त्यस्तै  मनिला दाहाल र नविना खत्रीको जोडी दोस्रो भएका छन् ।  उनीहरुले पनि लर्ड कम्पनीको वासिङमेसिन पाएका छन् भने रिचा कनोडिया र डली अग्रवालको जोडी तस्रो स्थानमा चित्त बुझाएका छन् । उनीहरुको जोडीले पनि हेल्स कम्पनीको मिक्सर ग्रीनडर पाएका छन् ।  

प्रतियोगितामा मा १ सय वटा स्कुटीमा २ सय सहभागि रहेका थिए । स्कुटी चलाउँने महिलाले स्कुटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको थियो ।