मोरङ / बिराटनगर जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न भएको छ । साता ब्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै जेसीज सप्ताह सम्पन्न भएको हो । 

समापनमा समाजमा महत्वपूर्ण भुमिका निर्वाह गरेका दुई युवालाई सम्मानित गरिएको छ । उद्योग वयवसायको  माध्यमबाट बिराटनगरलाई देशभर चिनाउन गरेको योगदान र युवा उद्यमशीलतालाई प्रवर्धन गर्दै युवाहरुलाई आफै व्यवसायी बन्ने बाटोमा हिडाउन गरेको प्रयासको सह्राना गर्दै विराटनगर जेसीजले युवा उद्योगपती  बिपिन काबरालाई जेसीज सम्मान द्वारा सम्मानित गरिएको हो । 

 हास्य विधामार्फत् सचेतना जोगाउने काम गरेको र हास्य व्यङ्ग्य मार्फत मोरङ जिल्लालाई चिनाउन गरेको योगदान स्वरुप उच्च कदर गर्दै   बिराटनगर  जेसिजको ‘जेसिज सप्ताह’ समापनको अवसरमा  कलाकार सुमन कार्की  लाई सम्मानित गरिएको हो ।  साथै ५० वर्ष पुगेको अवसरमा सम्पूर्ण पुर्व अध्यक्षहरुलाई ताम्रपत्र सहित सम्मान गरिएको थियो । यस्तै समाजमा योगदान पु¥याउने अन्यलाई समेत सम्मान गरिएको थियो । समापन कार्यक्रममा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत काकीका उपस्थिति रहेको थियो । कार्यक्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी रश्मी बस्नेत लगायत संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।