इलाम / लामो समय सम्म पिउने पानीको सङ्कट झेलेका इलाम बजार बासीले फेरी खानेपानीकै समस्या भोग्न थालेका छन् । नियमित खानेपानी नआउँदा अहिले पनि तीन वर्ष अघिकै समस्या दोहोरिन थालेको छ । 

खानेपानी अभाव भएसँगै बजार नजिकका धारा र कुवामा बाल्टी बोकेर पानी लिन जानुपर्ने अवस्था शुरु भएको छ । नियमित र प्रशस्त पानी नआउँदा बजारमा बसोबास गर्ने उपभोक्ता बजार नजिकै रहेका कुलधारा, खोल्सी धारा, धोवीधारा धाउन बाध्य छन । नियमित पानि नआउनु र आएदिन पनि पर्याप्त नआउनुले खानेपानीमा समस्या निम्त्याईरहेको छ ।

धारा आसपास बसोबास भएका हरुमा धाराजान नजिक भएता पनि नजिकै धारा नभएको क्षेत्रमा भने सँधै समस्या हुने गरेको छ । इलामबजार नजिकै रहेको ताराकुटी टोलमा नयाँ धाराबाट पानी जडान गरेसँगै सँधै समस्यै समस्या हुने गरेको स्थानीयको गुनासो छ । त्यस क्षेत्र नजिकै धारा र कुवा नहु्ँदा खानेपानीको ठूलो समस्या भईरहेको हो । लामो समयसम्म खानेपानीको समस्या भईरहेपछि नयाँ आयोजना सञ्चालन हुने भएपछि पर्याप्त पानी आउने आशा बोकेका स्थानीय झन हैरन व्यहोर्न थालेका छन ।

स्थानीय हेमराज बस्नेत भन्छन नयाँ आयोजना निर्माण हभर्एपछि २४ घण्टै पानी आउने भनेका थिए तर नया आयोजनाको लाईनबाट वितरण हुनथालेपछी पुरानो बाट जति पनि पानी नआएको बताउँछन । उनि भन्छन नियमित आउने हो भने त सहजै हुन्थ्यो होला तर कहिले काँही तिन दिनमा पनि पानी नआउने गरेको बताउछन् । 

इलाम नगरपालीका ७ मा होटल सञ्चालन गरिरहेका होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेल खानेपानीमा समस्या आयो भने कसलाई भन्ने अन्योल भईरहेको बताउँछन । उनी भन्छन् इलाम नगरपालिकालाई भन्दा आमयोजनालामई देखाउँछ, आयोजनालाई भन्दा कार्यालयलाई देखाउछ त्यसले झन ठूलो समस्या ल्याईरहेको बताउँछन ।  बजारमा ४८ घण्टामा एक घण्टा मात्र पानी आएर हैरान व्योहोरेका उपभोक्ता नयाँ आयोजना बन्ने भएपछि खुसी थिए ।  आयोजना सम्पन्न हुँदा २४ घण्टै पानी आउने र प्रयोग गर्न पाउने भएकाले खुसी भएपनि यतिबेला खुसी देखिँदैन । खानेपानी आयोजना निर्माण हुने भएपछि खानेपानी ल्याउनका लागि सुरुमानै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम तिरेका नगरबासी अहिले खानेपानीको हालत देखेर झन समस्या आउनेमा चिन्तित बन्नथालेका छन् । 

नयाँ आयोजना निर्माण गुणस्तरहीन

साना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैर जिम्मेवार बन्दा इलाम बजारका लागि निर्माण भएको आयोजना गुणस्तरहीन बनेको छ । ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपैयाँमा ठेक्का लागेको आयोजनाको उपभोक्ता समिति गैर जिम्मेवार बन्दा आयोजना गुणस्तरहीन बनेको हो । नगरपालिकामा वितरण भइरहेको पानी नयाँ आयोजनाबाट वितरण हुन थालेपछि शुल्क धेरै उठेको भन्दै चर्को विरोध भएको थियो । त्यसपछि आयोजना गुणस्तरहीन बनेको र आर्थिक चलखेल समेत भएको हुनसक्ने भन्दै इलामका युवा सुमन श्रेष्ठको नेतृत्वमा इलाम बासीले उक्त आयोजना अख्तियार सम्म पुर्‍याएका थिए । अख्तियारमा जाने भएसँगै निर्माण कम्पनीले आयोजनाको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको थियो ।

जस अनुसार शनिवार इलाम नगरपालिकामा बसेको सरोकारवालाको बैठकमा गुणस्तरहीन काम हुँदा उपभोक्ता समिति गैर जिम्मेवार बनेको सरोकारवालाले बताएका छन । होटेल एसोसिएसनका अध्यक्ष देवी पौडेलले आफूले नयाँ मिटरबाट गएको पानी पहिलेको नगरपालिकाको मिटर जोड्दा एउटै पानी दुई वटा मिटरमा फरक फरक देखाएको बताए । उनले वितरण लाइनमा समस्या आउँदा समाधान गर्न नगरपालिकालाई भन्दा आयोजनालाई देखाउने र आयोजनालाई भन्दा नगरपालिकालाई देखाउने गरेको कारण नगरवासीले समस्या खेपिरहेको बताए ।

आयोजना सम्झौता गर्ने इलाम नगरपालिकाका मेयर इलामका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले यो आयोजना इलाम बजारमा २४ घण्टै पानी वितरण गर्ने गरी सुरु गरिएको बताए । उनले दीर्घकालीन रुपमा लागि सुरु गरिएको आयोजना अहिले नै समस्या हुनुले भोलिका दिनमा ठूलो समस्या आउन सक्ने भन्दै कन्स्ट्रक्सन जिम्मेवार बन्नुपर्ने बताए । आयोजना निर्माण गुणस्तरीय नबन्दा भोलिका दिनमा ठूलो समस्या आउने भन्दै मुहान आसपासका समुदायप्रति सम्झौता अनुसार अघि बढाउनु पर्ने बताए ।.   

उनले खानेपानी सँगै सरसफाइको कार्यक्रम कता हरायो भन्दै इलाम नगरपालिकाका प्रमुख केदार थापालाई प्रश्न समेत गरे ।

इलाम नगरपालिका नौ का दिपेश अधिकारीले सबैको कुरा मिटर र पाइपमा छ तर नगरपालिकाले हामीलाई नै ४ वर्ष अगाडी लगानी गर्न लाएर प्रति युनिट सुल्क बढाएर ३० देखि ९० पु¥याएको छ यता तिर कोही नबोलेको बताए ।  उनले समस्या सबै भन्दा धेरै शुल्कको हो भन्दै अहिलेको खानेपानी आयोजनाको शुल्क निम्न आयस्रोत भएका नगरवासीको पहुँच भन्दा धेरै टाढा रहेको बताए । न्यूनतम युनिट आठ हजारलाई बढाएर प्रति युनिट पुरानै शुल्क कायम गर्ने हो भने सबै समस्या समाधान हुने बताए ।

यसमा उपभोक्ता समिति जिम्मेवार बन्नु पर्नेमा जोड दिए । इलाम नगरपालिका नौका लक्ष्मण चौलागाँईले खानेपानी आयोजनाको ट्याङ्की निर्माण गर्दा भत्काईएको आफ्नो जमिन बनाईदिने भनी कागज गरेपनि अहिले सम्म केही नगरेको बताए । उनले पटक पटक आयोजना उपभोक्ता समितिका अध्यक्षलाई गुनासो राखे पनि गुनासो कार्यान्वयन नभएको बताए । स्थानीय सुमन श्रेष्ठले यो आयोजनामा प्रयोग गरिएको सामान गुणस्तर नभएको प्रमाणित म गरिदिन्छु भन्दै तत्काल जोडिएका मिटर परिवर्तन गर्नु पर्ने र आयोजनाका पाइप व्यवस्थित बनाउनु पर्ने भन्दै इलाम बासीको अनुरोध अनुसारको काम गर्नुपर्ने बताए ।

आयोजनाका अध्यक्ष समेत रहेका इलाम नगरपालिकाका मेयर केदार थापाले यति गुनासो आइसकेपछि मिटर परिवर्तन गरिदिनु प¥यो भनी निर्माण व्यवसायी सामु आग्रह गरेका छन । यसलाई यथार्थ के हो अध्ययन गरेर समस्या समाधान गर्नुपर्ने भन्दै मेयर थापाले बाकी भएका काम गर्ने कुरा छँ दै छ तर मिटर र भल्भलाई परिवर्तन गर्नुपर्ने आग्रह गरे ।

उपभोक्ता समिति गैर जिम्मेवार 

 सना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैर जिम्बेवार बनेको सरोकारवालाले बताएका छन । निर्माण कम्पनीले काम गरीरहँदा उपभोक्ता समिति के हेरेर बसिरहयो भन्दै उपभोक्ता समिति गैर जिम्बेवार बनेको बताएका हुन । आयोजना सञ्चालन गर्न बनेको उपभोक्ता समिति शुरुवाति चरण देखिनै काम गरिरहेको र निर्माण कम्पनीले काम गर्दा मौन रहेको भन्दै सरोकारवालाहरुले समिति गैर जिम्मेवार बनेको बताएका हुन । निर्माण कम्पनीले काम गरिरहँदा हरेक कामको अनुगमन गर्नुपर्ने भन्दै जनताले राम्रो काम भएन भन्दा पनि जवाफदेइ नबन्नुले अउभोक्ता समिति गैर जिम्बेवार बनेको आरोप लगाएका हुन । 

उपभोक्ताको लगानीमा ‘रत्यौली’

खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार दुई सयका दरले रकम उठाइएको थियो । २४ घण्टै पानी आउने आयोजना सुरु गर्ने भन्दै शुरुमा खानेपानीको पोईन्ट जोड्दा मिटर र १२ मिटर पाइप जोडिदिने भन्दै रकम उठाईएको थियो ।

सुरुमा भएको सहमतिका आधारमा पहुँचवालाकामा भन्दा अन्य कसैलाई पनि १२ मिटर पाईप वितरण नगरेको पाईएको छ । लामो समय सम्म खानेपानी अभाव भएको कारण २४ भण्टै पानी आउने आसामा रकम तिरेका इलामबासी अहिले पानीमा समस्या भोग्न थालेपछि झन चिन्तित बन्न थालेका छन ।  आयोजना सुरु हुँदा खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइने र सदरमुकाममा प्रतिसेकेन्ड ४१ लिटर पानी आउने आयोजकले बताएको थियो ।

साना सहरीले सदरमुकामबाट करिब ३२ किलोमिटरको सन्दुकपुर गाउँपालिकाको गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवा खोलाबाट १०–१० तथा सुम्बेकको भाँडी खोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गर्ने गरी आयोजना सुरु भएको हो । तर निर्माण गुणस्तर नबन्दा सबै पानी पाईपले नथाम्ने भन्दै निर्माण कम्पनीले काम सुधार्नुपर्ने सरोकार वालाले बताए । 

नियम विपरीत शुल्क उठाएको

यो आयोजना सम्पन्न भएपश्चात् एक वर्ष सम्म मर्मत सम्भारका लागि आयोजनाले नै हेर्नुपर्ने र त्यस बेलाको मर्मत सोही आयोजनाले गर्ने सम्झौता भए पनि इलाम नगरपालिकाले हस्तान्तरण नै नभएको आयोजनाको रकम उठाएर आफैले गरेको सम्झौता विपरीत काम गरिरहेको हो ।  सम्झौता अनुरूप आयोजनालाई सम्पन्न नै हुन नदिई नगरपालिकाले आफूले प्रयोग गर्न थाल्नुले नगरपालिका गैर जिम्मेवार रहेको उपभोक्ताको गुनासो छ ।

नगरपालिकाले पहिले देखि प्रयोगमा ल्याएका मिटर धारा समेट निकाली सकेको र आयोजना सम्पन्न नै नभई उक्त आयोजना आफूले प्रयोग गर्न थालेको कारण खानेपानी वितरणमा समस्या आउनासाथ खानेपानीको सङ्कट आउने देखिन्छ । तराई क्षेत्रमा जताततै प्रयोगमा आएता पनि यस्तो आयोजन पहाडी क्षेत्रमा पहिलो पटक सञ्चालनमा आउन लागेको कारण पहाडी क्षेत्रमा वितरण प्रणालीमा सहज भने छैन ।

एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो । आर्थिक वर्ष ०७७÷७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन । एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो ।

 ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेखे छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम  सम्पन्न नगरे पनि पानी वितरण शुरुको छ । अहिले खानेपानीको समस्या सुरु भएको छ