धरान / धरान– १९ स्थित आवरहोम इङ्लिस वोर्डिङ स्कुलले प्रवेशिका परीक्षा एसईइ दिने विद्यार्थीहरुलाई एक कार्यक्रमबीच विदाई गरेको छ  ।

स्कुलले व्रिटिस गोर्खा कम्युनिटी हलमा कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई विदाई गरेको हो  ।

कक्षा ८ की युजिना मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं १९ का वडाध्यक्ष पूर्ण लिम्वु प्रमुख अतिथि रहेका थिए भने स्कुलका प्रिन्सिपल गम्भिरमान तामाङले स्वागत मन्तव्य गरेका थिए  ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए  । विद्यार्थीहरुले मायाको चिनो उपहार दिएका थिए 

औपचारिक कार्यक्रम शिक्षिका अन्जु तामाङले सञ्चालन गरेकी थिइन् भने साँस्कृतिक कार्यक्रम विद्यार्थी रिन्छीन गुरुङ र अभिगेल लिम्बुले सञ्चालन गरेका थिए  । विद्यार्थीहरुको विदाई गर्दै उज्जवल भविष्यको कामना समेत गरीएको थियो  ।