धरान /  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो हुन सफल विद्यार्थीलाई धरानस्थित युएन नवोदय कलेजले नगद पुरस्कारसहित सम्मान गरेको छ ।

कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गर्दै होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा दोस्रो स्थान हासिल गरेकी विद्यार्थी करुणा राईलाई बुधबार नगद ३५ हजार रुपैयाँ र पुरस्कारसहित सम्मान गरिएको हो । 

335149812_2989601298015583_4032701146611910108_n

करुणाले  ३.९२ जिपिए ल्याई कोशी प्रदेश प्रथम र बोर्डमा द्वितीय स्थान हासिल गरेकी कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए । 

आयोजित सम्मान कार्यक्रममा पहिलो सेमेस्टरमा ३.८७ जिपिए ल्याएका रोहन लिम्बू, ३.८२ अङ्क प्राप्त गरेकी लिसु लिम्बू कन्दङ्वा र ३.८२ ल्याएकी सन्ध्या लिम्बू थेगिमलाई समेत बधाई ज्ञापन गरिएको छ । 

कलेजले पूर्व परीक्षाको पहिलो, दोस्रो र चौथो सेमेस्टरमा उत्कृष्ट विद्यार्थीलाई समेत बधाई ज्ञापन गरेको छ । 

335212028_133234799482873_7979772940302620478_n

उत्कृष्ट विद्यार्थीलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्राचार्य डम्बर तुम्बापोलगायतले बधाई तथा सम्मान प्रदान गरे ।

335277716_159964410256704_6951794436357904063_n