इटहरी / सेवाग्राहीहरुको चापका कारण काम गर्ने कर्मचारीहरु तनावमा रहने कुरालाई मध्यनजर गरी इटहरी उपमहानगरपालिकाले कर्मचारी तथा जनप्रतिनिधिलाई लक्षित गरी तनाव व्यवस्थापन तालिमकको आयोजना गरिएको छ  ।

कर्मचारी र जनप्रतिनिधीहरुलाई तनाव व्यवस्थापन गर्न सिकाउने उद्देश्यले तालिम सञ्चालन गरेको उपमहानगरपालिकाले जनाएको छ  । 

   तनाव व्यवस्थापन गर्दाे कर्मचारीको कार्य क्षमतामा अभिवृद्धि हुने उद्देश्य राखी  तालिमको आयोजना गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए  । कर्मचारीलाई तनावमुक्त वातावरणमा कर्तव्यप्रति प्रतिबद्ध गराउन तालिम राखिएको हो, मेयर पौडेलले भने  । 

उनले भने– ‘कर्मचारी र जनप्रतिनिधीहरुहरुलाई तनावमुक्त वातावरणमा काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले हामीले तालिमको आयोजना गरेका हौं, कर्मचारी र जनप्रतिनिधिका लागि आयोजना गरिएको तनाव व्यवस्थापन तालिम शायद नेपालमै पहिलो हुनुपर्छ  ।’ 

उनीहरुलाई कामका शिलशिलामा उत्पन्न तनावलाई कसरी व्यवस्थापन गर्ने, काम कसरी चुस्त दुरुस्त गर्ने भन्ने विषयमा तालिम दिइएको् थियो  । तालिममा उपमेयर संगिता चौधरी, प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहेता ,वडाध्यक्ष सहित कर्मचारीहरुको सहभागिता रहेको थियो  ।

 जीवन विज्ञान प्रतिष्ठान कोशी प्रदेश समितिको सहकार्यमा भएको तालिम कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल तनावको व्यवस्थापनका विषयमा जानकारीमूलक सूचना प्रवाह गरेका थए  । नेपाल भन्छन्–‘ मानिस पूर्णरुपमा स्वस्थ हुनको लागि शारीरिकसाथै मानसिक र सामाजिकरुपमा समेत समस्यामुक्त हुनुपर्छ  ।’