मोरङ / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीप केलजकी  अदिती कुमारी जैन  छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् । 

आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् । 

२ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई विहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन सिमितका अध्यक्ष तथा कोशी प्रदेशका साँसद भीम पराजुलीले सम्मान गरेका थिए ।