धरान /  वडाहरुले पछिल्लो समय महिला आत्मनिर्भर कार्यक्रमलाई अगाडि बढाउन थालेका छ्न् । धरान उपमहानगरपालकाका हरेक वडाले महिला लक्षित कार्यक्रम बजेटमै समावेश गरेर गर्न थालेका हुन् ।

धरान उपमहानगरपालका वडा न.६ ले पनि महिला लक्षित कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउन दुई महिने फेशन डिजाइन तालिमको आयोजना गरेके छ ।

336571952_1199807594231138_448347312223122104_n

वडाकी सदस्य यसोदा सुवेदीको संयोजकत्वमा सञ्चालन भएको तालिममा वडाका १० जना महिला सहभागी रहेका छन् ।

वडामा रहेका यमुना लिम्बु, गोमा विक, कुमारी खनाल, विष्णुमाया लोकान्द्री, सिर्जना थापा, प्रमिला पौडेल, सीता विष्ट, सरस्वती बस्नेत, अञ्जना पौडेल र अर्पणा श्रेष्ठले तामिल लिइरहेका छन् । तालिमको सहजीकरण मनिषा राईले गरेकी छन् । 

महिलालाई आत्मनिर्भर बनाउन वडाबाट नै बजेट विनियोजन गरी तालिमको आयोजना गरिएको वडा सदस्य एवम् तालिमकी संयोजक सुवेदीले बताइन् ।

तलीम २०७९रज्ञज्ञर०८ देखि २०८०र०१र०८ गते सम्पन्न हुनेछ