विराटनगर / विराटनगरस्थित बालकल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ । 

शुक्रबार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए । 

विद्यालयका प्रिन्सिपल रोविन दाहालका अनुसार चिकित्सा क्षेत्रतर्फ एमबीबीएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।  

गतवर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको विद्यालयको दोस्रो ब्याज अन्र्तगत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।