धरान /  धरान–१६ अन्नपुर्ण चोक स्थित नबोदय बिद्या मन्दिर सेकेन्डरी बोर्डिङ स्कुलले शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

नया सुविधा सम्पन्न भवनमा स्कुल सरे पछि पहिलो पटक विद्यालयले निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको हो । युनिभर्सल पिस फेडेरेसनको संयोजन र सूर्य आई केयर धरानको प्राविधिक सहयोगमा भएको स्वास्थ्य शिविरबाट विद्यालयका अभिभावक र स्थानीयबासी गरी २५० जना लाभान्वित भएको यु.एन. नबोदय हेल्पिङ ह्यान्डका संयोजक राम बहादुर लिम्बुले जानकारी दिए । 

336684756_629797385643388_242518353005165901_n

 धरान उप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यमा  सम्पन्न भएको थियो । शिविरमा आएकाहरुलाई निःशुल्क आँखाको चेकजाँच गरिएका थियो भने औषधि समेत वितरण गरिएको थियो । 

विद्यालयले गरेको कार्यप्रति वडाध्यक्ष भट्टराईले प्रशंसा गर्दै शिक्षासँगै विद्यालयले सामाजिक उत्तरदायित्व निर्वाह गरेको बताएका थिए ।

‘स्वास्थ्य नै धन हो’ भन्ने अभिप्रायले शिबिरको आयोजना गरिएको स्कुलका प्रिन्सिपल एवम यु.एन. कलेजका क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले बताए ।

उनले आगामी दिनमा नियमित रुपमा विद्यार्थीहरुको साप्ताहिक र मासिक स्वास्थ्य परीक्षण गराइने जानकारी दिए । अभिभावक मोति बहादुर श्रेष्ठले स्वास्थ्य शिबिरबाट आफूले भरपुर लाभ लिएको बताएका थिए ।