इटहरी

आइतबार इटहरीमा रहेको चिजन्स प्यालेस मन्टेश्वरीले प्रयोगात्मक कार्यलाई प्राथमिकता राखेर विद्यार्थीको शैक्षिक प्रदर्शनी गरेको छ ।

कक्षा एक देखि ५ सम्म सहभागी विद्यार्थीहरुले विभिन्न विधामा शैक्षिक प्रदर्शनी गरे ।  विद्यालयले कक्षा कोठामा मात्र सीमित सैद्दान्तिक  ज्ञानलाई प्रयोग गर्दै प्रयोगात्मक रुपमा उक्त शैक्षिक प्रदर्शनी गरेको हो  । विद्यार्थीको ज्ञानलाई प्रत्यक्ष र प्रयोगात्मक रुपमा अवलोकन गर्न पाउँदा अभिभावक खुसी देखिएका थिए । 

मन्टेश्वरीले किताबी अध्ययनमा  मात्र सीमित रहेर पठनपाठन गराउँदा पछिल्लो समय विद्यार्थीहरुले आफ्नो सामाजिक चालचलन, परम्परा र मौलिकता विर्सिदै गएका छन् । यही कुरालाई ध्यानमा राखेर मन्टेश्वरीले प्रदर्शनीमा परम्परागत मौलिक खानाहरु, पुर्खाहरुले दैनिक जीवनमा  प्रयोग गर्ने सामाग्री, बाजाहरु साथै सामाजिक चालचलनका कुराहरुलाई पनि प्रदर्शनीमा राखिएको थियो । 

प्रदर्शनीमा खानेकुरा वास्तवमा हाम्रो जीवन पद्धति सुहाउँदा बनाएर राखिएको थियो । आउने अभिभावक र पाहुनाले विद्यार्थीले बनाएका परिकारको स्वाद पनि लिएका थिए । अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा विद्यार्थीले त्यसलाई पुनः प्रयोगमा ल्याउन गरिएको कार्य निकै लोभलाग्दो भएको एक अभिभावकले बताउनुभयो । पहिला बाबुबाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका घ्यू राख्ने हर्पे, तेल राख्ने चौंठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरीलगायतका सामग्री संकलन गरेर  प्रदर्शनीमा गरिएको राखिएको थियो ।

प्रदर्शनीमा भाषा, नेपाली, गणित ,सामाजिक, विज्ञान  र अंग्रेजी विषयसँग सम्बन्धित विभिन्न समाग्री साथै सामाजिक, सास्कृतिक र मौलिक नेपालीपन झल्काउने बाजा तथा सामग्री राखिएको थियो ।  विद्यार्थीहरुबाटै निर्मित गेमजोन र रोबर्ट पनि  प्रदर्शनीमा राखिएको थियो । साँस्कृतिक कार्यक्रम गरेर मात्र अभिभावकले विधार्थीको सिकाइ नदेख्ने हँुदा यसपटक फरक र नयाँ पुस्तालाई पुराना ऐतिहासिक पक्षको ज्ञान दिन यसपटकको प्रदर्शनी राखेको विद्यालयका संचालक हरि आचार्यले बताए ।