अहिले धरानको चर्चाको विषय हो धरानका मेयर हर्क सम्पाङ र वडाध्यक्ष विचको द्धन्द ।

धरानको धेरैजसो वडामा निर्वाचित वडाध्यक्षहरु दोस्रो कार्याकालमा छन् । केही नयाँ वडाअध्यक्षहरु नयाँ अनुहार भएपनि राजनैतिक पृष्ठभुुमिबाट आएका छन् ।

 हर्कराज राई अर्थात हर्क साम्पाङपनि विगतमा एउटा राजनैतिक समुहको पृष्ठभुुमिमा थिए,तर उनले त्यो पृष्ठभुुमि छाडेर स्वतन्त्र अभियान लामो समय चलाए ।

 उनले चलाएको अभियान र लिएका केही एजेण्डालाई उनले धरान उपमहानगरपालिकाको स्थानीय निर्वाचनबाट संस्थागत गरे । हर्क साम्पाङसँग धराने जनताको मात्र २ वटा आशा छन् ।

१.खानेपानी

२.सुशासन

चर्चा गरौ खानेपानी बाट ।

हर्क साम्पाङसँग सबैभन्दा धेरै आशा गरिएको विषय खानेपानी हो । खानेपानीका विषयमा मेयर निर्वाचित हुनुु भन्दा अगाडी उनले जे जे गरिरहेका थिए त्यसलाई धेरैले नजिकबाट हेरेका थिए ।

 उनले खानेपानीका कर्मचारीलाई अपशब्द बोल्दै गरेको गालिमा वाहा भन्दै तारिफ गर्ने र प्रोत्साहन गर्नेहरुको कमि थिएन किन भने हामी ले लोकतन्त्रको उपभोग अरुलाई आलोचना गर्ने विषयमा प्रचुरमात्रामा गर्न सक्यौ तर त्यस भित्रको बास्तविकता खोज्ने तर्फ ध्यान दिएनौ । समाजिक सञ्जालमा अतिरन्जीत भएपछि हरेकलाई ‘देबत्वकरण र दानब्यकरण’ गर्ने हाम्रो कमजोर मनस्थित अझै बलियो छ । 

हर्क साम्पाङको विषयपनि त्यस्तै भएको छ ।हर्क सम्पाङले मेयर हुन साथ सुरु गरेको खानेपानी संकलनको अभियानको चौतर्फी प्रसंसा छ । तर यहाँ सोच्नुु पर्ने खोज्नुु पर्ने विषय के हो भने बर्खामा गरिएको श्रमदानबाट संकलित पानी अहिले सुुख्खा याममा कति आइरहेको छ ? किन भने विगतका साल झै यो पटकपनि पानीको समस्या उस्तै छ । 

त्यत्रो श्रमदान र मेहनत गरिएको ठाउबाट यो सुुब्खा याममा पानीको जोहो गर्न नसकिने जान्दा जन्दै ‘सस्तो प्रचार’को इमोसनमा धरान पछाडि कुद्यो  ।सुरुवाती अबस्था मै हर्क साम्पाङले सुरु गरेको हाइड्रोपावर बाट विजुली उत्पादन भनेर उनका सर्मथक तथा युुटुवरहरुले निकै प्रचार गरे,आज त्यो हाइड्रोपावरले कति विजुली उत्पादन गर्दै छ र कहाँ वितरण भईरहेको छ ? सर्मथक र युुटुुवरले सादय खोज्न नभ्याएको पनि हुन सक्छ । अर्को विषय निकै उठ्यो साबुुन उद्योग । 

बनको जग्गामा उद्योग बनाउनुु हुदैन भन्ने विषयले कोकोहोलो नै मच्चायो । यहाँ अर्को प्रश्न उठ्छ,साबुन उद्योग नगरले सञ्चालन गर्ने विषयमा आपती नहोला । तर त्यो एकान्त ठाउमा किन,आखिर साम्पाङले भनेकै ठाउमा किन ? धरानको औद्योगिक क्षेत्रमा त्यो साबुन उद्योग खोल्दा पुुर्वाधार तथा सुुरक्षाका हिसाबले निकै राम्रो थियो । 

ल औद्योगीक क्षेत्रमा नगरले नगर्ने सोच गरेको भए धरान ६ मा नगरपालिकाले नै औद्योगिक ग्राम बनाउन काम सुुरु गरि सकेको अबस्थामा त्यो उद्योग त्यहाँ सुरु गर्दा हुदैन थियो ? आखिर हर्क साम्पाङले नै भनेको ठाउमा दायाबाया नगरी त्यही नै गर्नुु पर्ने किन ? यो प्रश्न धेरैको राख्ने गरेका छन तर सार्वजनिक ठाउमा कसैले ब्यक्त गर्न सकेका छैनन किनभने कसैले यसो भन्न साथ साम्पाङका एकथरी सर्मथकहरु असभ्य गाली र ग्राफिकमा लागि सकेका हुन्छन् । 

साम्पाङको यो औद्योगिक कार्य राम्रो छ तर त्यसको छनौटको विषयको भित्री रहस्यले धेरै प्रश्न उब्जाउछ,सायद भोलीका दिनमा मेयर साम्पाङलाई यो निकै अफ्ट्यारो हुन सक्छ ।

साम्पाङ तर्कले नसक्दा इमोसन प्रयोग गर्छन । उनका उदेश्यमा खोट छैन तर कार्य सम्पादनमा अलि परिपक्वता भएन की भन्ने मात्र यहाँ भन्न खोजिएको हो ।

खानेपानीकै विषयमा कुुरा गर्दा अहिले उनले कोकाह खोलाबाट पानी ल्याउन गरेको कार्य सराहनीय छ । यसमा हरेक धरानेले साथ दिन जरुरी छ,यहाँका राजनैतिक पार्टी र सामाजिक संस्थाले सहयोग गर्नु पर्छ । मेयर साम्पाङले गर्ने कार्य नगरपालिकाको कार्यहरु हुन् । उनले यही विषय कार्यपालिकाबाट निर्णय गरेर सबै राजनैतिक दल र सामाजिक संस्थालाई आग्रह गरेको भए कति राम्रो देखिन्थ्यो,आखिर नेतृत्व उनैले गर्ने हो ।

 आफ्ना सर्मथकको मात्र साथ लिएर सिंगो धरान देख्ने मेयर साम्पाङले उनी बाहेक अरु मेयरका उमेद्धारले प्राप्त गरेको सबै मत जोडेर हेर्ने हो भने सिंगो धरान त मेयरसँग सन्तुुष्ट नभएकै देखिन्छ । हो धेरै मत ल्याउने प्रणालीबाट उनले चुनाब जित तर उनका प्रतिद्धन्तीहरुको मत भनेको उनको भन्दा धेरै छ यसमा उनले किन प्रष्ट हुन सकेका छैनन त्यो उनैले जानुुन् ।आफुु माथि आउने प्रश्न लाई इमोसनमा जोडेर विधि र पद्धती चै तोड्नुु हुुदैन । खानेपानीमा उनको लगनशीलता प्रति सम्मान छ तर कार्यशैली सच्याउनुु जरुरी छ । 

चुुनाब अगाडी धारामा पानी नआउदा उनले कर्मचारी थर्काउने,मेयर थर्काउथे के आज उनी आम पब्लिकलाई पानी नआउनुुमा मेरोपनि कमजोरी भयो भन्न सक्छन् ? सक्छन् भने किन यस्ता प्रस्नबाट भाग्छन् । हिजो उनले गरेका सबै कार्य सहि भए आज उनी मेयर भएपछि अरुले गर्ने त्यही काम चै गलत ? सामान्य सिफारीस लिन जाने जनतालाई तिमी कुन पार्टिको ? भनेर सोध्ने मेयर साम्पाङको शैली ठिक भन्न सकिएला र ? कम्तीमा हिजो दलका नेता मेयर हुदा कुन पार्टिको मान्छे भनेर सोध्ने गरेको चै सुुनिएको छैन ।

 सार्वजनिक पदमा बसेका मान्छेले कुनैपनि कार्यको जस लिने हो,नेतृत्व गर्ने हो तर सवै अधिकारलाई पेवा चै बनाउने हैन यो कुरा बुुझ्न जरुरी छ  ।

२.शुसासन

मेयर हर्क साम्पाङसँग जनताले सुुशासनको अपेक्षा गरेका थिए । नगरक्षेत्र भित्रको शुुसाशन पहिले र अहिलेमा के फरक छ कसैले खोजेको छैन तर सेवाग्राहिले भोगेको छ  ।हिजो एक मिनेट ढिला हुदा फोन लाईभ गरेर कर्मचारी थर्काउने मेयरले आज सेवा ग्राहिलाई पुुलीस बोलाएर पक्राउछन अनी फेरी फेसबुकमा इमोसन जोडेर स्टाटस लेख्छन् । 

मेयरसाब,काम लेख्नुहोस्,प्रगति विवबरण लेख्नुुहोस् नगरबासीलाई भरोसा लाग्ने विषय लेख्नुुहोस्,लाईक ,शेयर र कमेन्टका लागि इमोसन जोडेर स्टाटस नलेख्नुुस । यसले तपाईलाई क्षणिक आनन्द दिन्छ त्यो भन्दा ठुुलो जनतालाई धोका हुन्छ । शुुसानका धेरै स्टाटस लेख्नुभयो,भाषण गर्नु भयो,त्यही विषयमा अरुलाई लागि गर्नुु भयो,अहिले तपाईको सचिवालयबाट गएको गल्तीलाई छोप्न किन अर्को गल्ती सुुरु गर्नु हुन्छ । 

कार्यपालिका बैठकमा ‘मेरो सचिवालयबाट भएका कमजोरी अबका दिनमा दोहोरिने छैन’ भन्दा सकिने विषयमा कानुुन मै नभएको अधिकार प्रयोग गरेर किन वडाध्यक्ष माथि खनिनुु हुन्छ ? खास नेताले आफ्नो कमजोरी स्वीकार गरेर सच्याउने क्षमता राख्छ । तर तपाईको थोरै मात्र आलोचना भयो भने पनि ...हैट कुुरै नगरौ ।

 अमै इमोसनल स्टाटस लेख्नुु हुन्छ ‘ तिमीहरु मेरो खुट्टा तान्दै गर म जनताका लागि पाइप तान्दै छुु’ । यति लेखेपछि जो कोही पनि इमोसनमा आइहाल्ने भयो । तर यो समाधान हैन तपाईले पाइप तान्ने विषय र नियम पालना गर्ने विषय फरक विषय हुन् । 

हरेक नागरिकले आफुुले चाहेको सुविधा समयमा पाएकी पाएनन्,काम गरिदिए बाफत कर्मचारीले कमिसन मागेकी मागेनन्,हाल सम्म भई सक्ने काम भए की भएनन् यस्ता विषयमा खोजि गर्नुस,एक्सन लिनुस किन इमोसनमा अरुलाई बहकाउनुु हुुन्छ । 

छातिमा हात राखेर भन्नुपर्छ मेयर साब धरान सुुशासनका विषयमा पहिलेको भन्दा धेरै पछि छ । सेवा ग्राहीले पाएको दुुख सुुन्ने समय निकाल्नुुस मेयर साब,तपाई धरानको मात्र मेयर हैन आम नेपालीले विश्वास र आशा गरेको मेयर हो तपाई । तपाई आर्टिफिसियल हिरो हैन रियल हिरो बन्न सक्ने ब्यक्ति हो,एउटा समुुहको हैन सिंगो धरानको नेतृृत्व गर्ने ब्यक्तिपनि हो । त्यस कारण आलोचनालाई स्वीकार गर्न सक्नुु पर्छ । तपाईका जायज काममा सबैले सहयोग नै गर्नेछन् ।

 तपाईको कार्यकाल पनि अरु भन्दा फरक रहेन भने जनतामा भरोषा भन्ने चिज रहदैन । तपाईको कार्यप्रति आलोचनात्मक टिप्पणी गरेको प्रति क्षमा चाहान्छुु । कोकाहाको पानी ल्याउने योजनामा मेरो पनि सहयोग रहने प्रतिबद्धता जनाउदछुु ।

[email protected]

(धरान १७,हाल काठमान्डाै)