मोरङ /  विराटनगर–११ मा रहेको सगरमाथा सेकेण्डरी स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका छ ।

शुक्रबार स्कुलमा एक कार्यक्रमको आयोजना गरि स्कुलले एसइई परीक्षा दिने विद्यार्थीलाई एक दिने अभिमुखीकरणसँगै शुभकामना दिएको हो ।

स्कुलले परीक्षामा सामेल हुने १ सय ५ जना विद्यार्थीलाई परीक्षामा सामेल हुनेदेखि परीक्षाको मर्यादा कायम गर्ने, परीक्षामा दिएको प्रश्नहरुको हल कसरी गर्ने लगायतको विषयहरुको स्कुलले अभिमुखीकरण कार्यक्रममा सिकाएको थियो । 

उनीहरुलाई स्कुलका प्रिन्सिपल त्रिलोचन गौतम, भाइस प्रिन्सिपल रोहिणी रमण दवाडी र शिक्षक कुलचन्द्र पौडेललगायतले अभिमुखिकरण तथा शुभकामना दिएका थिए ।