धरान /  हिविसकस इड्लिस बोडिङ स्कुल धरान १५ ले विद्यार्थीहरुलाई मःमः बनाउने तालिम आयोजना गरेको छ ।

स्कुलले कक्षा ८ का २३ जना विद्यार्थीहरुलाई मःमः बनाउने तालिम दिएको हो ।

विद्यार्थीहरुलाई किताबी ज्ञानको अतिरिक्त व्यावहारिक ज्ञान समेत दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको स्कुलकी प्रिन्सिपल पार्वती लिम्बुले जानकारी दिइन ।

विद्यार्थीहरुलाई विद्यालयकी शिक्षिका सपना साहले तालिम दिएकी थिइन् । विद्यार्थीहरुलाई मःमः बनाउने तालिम र सेवा दिने विषयमा तालिम दिइएको तालिम प्रशिक्षक साहले जानकारी दिइन ।

अभिभावकको साथमा विद्यार्थीहरुलाई तालिम दिदा पाउँदा खुशी लागेको प्रिन्सिपल लिम्बुको भनाई रहेको छ ।अभिभावक,विद्यार्थी र शिक्षकहरुबीचको सहकार्यले पारस्पारीक सम्वन्ध कायम हुनुका साथै एक अर्कामा दरीलो विश्वास वढने विद्यालयका निर्देशक गंगाराम राईको भनाई रहेको छ ।

विद्यालयमा किताबी ज्ञानका अतिरिक्त पारीवारिक र व्यावहारिक अनुभव एवम् शिक्षा पाउँदा खुशी लागेको कक्षा ८ का निवा मावो लिम्बुले वताए । पछिल्लो समय हिविसकस स्कुलले पढाईका अतिरिक्त क्रियाकलापमा निकै ठूलो फड्को मार्दैै आएको छ  ।