धरान / अन्तर्राष्ट्रिय भरौल गोल्डकपको उद्घाटन खेलमा इटहरीको जागृति क्लबले जितेको छ । जितसँगै जागृति क्लब सेमी फाइनल प्रवेश गरेको छ ।

बुधबार जगन्नाथ डेडराज जनता माविको खेलमैदानमामा भएको खेलमा मोरङ एन्फाईलाई ट्राइबेकरमा जागृति क्लबले ३–४ गोल अन्तरले जित हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको निर्धारित र अतिरिक्त समयमा दुवै टिमले गोल रहित बराबरी खेले पछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । ट्राइबेकरमा राष्ट्रिय जागृती क्लब इटहरीका खेलाडी प्रवेश दनुवार, सुमित चौधरी, विजय राई  र उमेश कार्कीले गोल गरेका थिए भने रमेश राजवंशीको प्रहार गोलरक्षकले रोकिदिएका थिए ।

यता एन्फा मोरङका तर्फबाट विशाल पाण्डे, कोमल खवास र गोलरक्षक पमेजय गच्छदारले गोल गरेका थिए भने सगर खड्का र विष्णु गिरी गोल गर्नबाट चुकेका  थिए ।

   बुधबारको खेलको म्यान अफ द म्याच राष्ट्रिय जागृत क्बलका इसुव थपलिया घोषित भए ।  उनले नगद पाँच हजार प्राप्त गरे । 

न्यु स्टार क्लवको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका समाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले गरेका थिए । 

बिहीबार हुने खेल पाहुना टोली कञ्चनजंगा फुटबल क्लव सिलगुडी भारत र आयोजक न्यु स्टार क्लवका खेल हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।