धरान / धरान ५ मा  निशानडाँडामा रहेको निशानदेवी आधारभूत विद्यालयमा रुख खस्दा विद्यालयको छानामा क्षति पुगेको छ ।

विद्यालय प्राङ्गणभित्र रहेको वरको रुखको भाचिएर विद्यालयको छानामा खसेको थियो । चैत्र १० गते राति राति ८ बजे सो घटना भएको विद्यालयका प्रअ लोकराज निरौलाले जानकारी दिए  । उनका अनुसार रुखले ६ वन्डेल जस्तापातामा क्षति पु¥याएको छ ।

उनले छानासहित विद्यालयको गारो र ट्रष्टमा समेत क्षति पु¥याएको बताए । विद्यालयको आर्थिक अवस्था कमजोर भएका कारण क्षतिग्रस्त टिनको छाना निर्माण गर्न नसकिएको प्रअ निरौलाले बताए । 

उनले भने–‘कोरोना संक्रमणपछि सहज बन्दा पनि विद्यालयलाई सहयोग आएको छैन, धरान उपमहानगरपालिकाकाी तत्कालीन कावा मेयर मन्जु मण्डारी सुवेदीले सरसफाई वापत धरानका सबै सामुदायिक विद्यालयलाई दिदै आएको वार्षिक २० हजार अनुदान आव ०७९÷८० देखि कटौती भएको छ । बजेट नभएकै कारणले क्षति भएको छाना फेर्न सकिएको छैन ।’

यस विद्यालयमा अहिले बाल विकास केन्द्र देखि कक्षा ५ सम्म ५२ जना बालबालिकाहरु अध्ययनरत छन् ।