बराहक्षेत्र /  बराहक्षेत्रको भरौलमा जारी छैटौ भरौल गोल्डपको सेमी फाइनलमा पाहुना टोली कञ्चनजँघा फुटबल क्लब सिलगुढी प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वार्टर फाइनल खेलबाट आयोजक न्यु स्टार फुटबल क्लबलाई ट्राइबेकरमा ५–६ गोल अन्तरले जित हात पार्दै सेमी फाइनलको यात्रा तय गरेको हो । 

अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा कञ्चनजंगा सोनम चेप्चाले खेलकोे ३३ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम समयमा न्युटारका मनिष राईले गोल गरेर खेललाई बराबरीमा पु¥याएका थिए ।

त्यसपछि दुवै टिमबाटद कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धमेलिएको थियो । टाइब्रेकरमा आयोजक न्यु स्टार क्लबका खेलाडी  साजन राई, अमिर लामा, सन्दीप श्रेष्ठ, दिपेन्द्र धमला, दिवस लिम्बुले  गरेका थिए भए भने सन्जय प्रधान र अनिस लिम्बुको पेनाल्टी विफल भएको थियो ।

यता कञ्चनजंगा फुटबल क्लवकातर्फबाट अरुण तामाङ ,सोनम लेप्चा ,सुब्रोटो सोरेन, समेल हर्दाल, अमीर लामा, अतिस राई गोल गरे भने अभिषेक ठकुरीको प्रहार न्यु स्टारका गोलरक्षकले बचाउ गरेका थिए  ।

विहीबारको प्रतियोगितामा  कञ्चनजंगा फुटबल क्लवका अरुण तामाङ म्यान अफ द म्याच घोषित भए ।  उनले नगद पाच हजार सहित ट्रफी प्राप्त गरेका थिए । 

न्यु स्टार क्लवको आयोजनामा स्थानीय जगन्नाथ डेजराज जनता माध्यमिक बिद्यालयको खेलमैदानमा आयोजित  प्रतियोगिता अन्तर्गत शुक्रबार तेस्रो क्वाटरफाइनल खेल पाहुना टोली भारतको  आमुक्त परिवार दार्जिलिङ र गत वर्षको बिजेता काठमाडौंको क्षमादेवि प्यालिङग व्याइज युनाईटेड क्लव बीच खेल हुने क्लबका अध्यक्ष भेषराज कार्कीले बताए ।

चैत्र २२ गते सम्म चल्ने प्रतियोगितामा दुई भारतीय क्लबसहित ८ टिम सहभागी छन् ।

कुल ५५ लाख ५१ हजार लागत अनुमान गरिएको प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृट खेलाडीले २५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीलाई जनही १० हजार प्रदान गरिनेछ ।