मोरङ /   लामो समयदेखी  जन्म सिद्ध  नेपाली नागरिकता  नपाउदा   मोरङका युवाहरु  रोजगारीका लागि भारत पलायन हुन थालेका छन । नेपाली नागरिक्ता नभएका कारण  स्वदेशमा  रोजगारी पाउन  नसकेपछि उनी हरु भारत तर्फ गएर रोजगारी गर्न वाध्य रहेका छन ।

kmc_20230409_175601

रंगेली नगरपालिका–५ आमगाछी का  सुकुम्वासी टोलका युवा हरु आफ्ना  ,छोरा छोरी श्रीमती  लिएर जीवन यापन का लागि  भारतको विभिन्न स्थान हरुमा गएर  परिवार  को पालनपोषण गर्न   वाध्य भएका छन । सुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवारका युवा युवती तथा महिला हरु भारतको  दिल्ली, पन्जाव, हरियाणा लगायतका सहर हरुमा  गएर काम गर्न थालेका हुन ।

नेपाली नागरिकता  नहुदा बैक तथा वित्तिय संस्थाहरुले ऋण समेत प्रदान नगर्ने  र रोजगार दाता हरुले काम पनि नदिने भएकाले घरमा ताला लगाएर युवाहरु विदेश पलायन भएको स्थानिय विनोद मण्डलले  बताए  ।

आमा वुवा भएको घरमा आमावुवाले घर  हेर्चाह गरेर वसेका छन भने आमावुवा नभएकाहरु घरमा ताला लगाएर तथा  आफन्तको जिम्मा लगाएर  भारत तर्फ रोजगारीको खोजिमा जान बाध्य रहेका मण्डलले  बताए। ८ बर्ष देखि कोही भारतमा काम गरिरहेका छन भने केहि युवा हरुल    ६ महिना देखी भारतमा गएर काम गर्दै आएका छन । 

आमा वुवाको अंगीकृत नागरिकता भएकाले  सन्तानले नेपाली नागरिकता पाउन सकेका छैन । त्यस्ता परिवारलाई नेपाली नागरिकता प्रदान गर्न सरकारले ल्याएको नागरिक्ता विधेयक पास हुन सकेको छैन । 

स्थानिय उर्मीलादेवी मालाकार का अनुसार दलका नेताहरुले भोट माग्दा नागरिकता वनाइदिने वाचा गरेको र चुनाव सकिएपछि कसैले वास्ता नगरेको उनले आरोप लगाइन। सर्जुदेवी ऋषीदेवले केहि परिवारले वित्तयसंस्थासंग ऋण लिएको र ती संस्थाले ऋण उठाउन कडाईगर्न थालेपछि युवाहरु विदेशीने  क्रम वढेको  समेत बताए ।

रोजगारी नभएपछि ऋण तिर्न समस्या भएको उनको भनाइ रहेको छ । नागरिकता नहुदा नगरपालिकाले संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमा समेत युवाहरुले काम गर्न पाइरहेका छैनन । रोजगारीका लागि  जाहा गएपनि   नागरिकता खोज्ने गरेकाले केहि सिप नलागेर वृद्ध आमावुवालाई घर को हेरचाहा गर्न राखेर  छोरा छोरी विदेश पलायन भएको उर्मिलाले  सुनाईन ।

  यस्ता परिवारको समस्या समाधान गर्न सरकारले चाडै नागरिकताविद्येयक अघि वढाउनुपर्ने र यस्ता परिवारलाई विनाधितो तथा  थोरै व्याज लिएर ऋणको व्यवस्था गर्नुपर्ने  स्थानीय सुजन मंण्डल ले बताए ।  कामगर्न सक्ने उमेर भएका छोरा छोरी विदेशिएपनि घरमा रहेका वृद्ध आमावुवा लाई दुइछाक खान समेत अहिले समस्या हुदै आएको छ ।