मोरङ /  प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै पहिचानवादीहरुले आइतबार मुख्यमन्त्री हिकमत कार्कीलाई अल्टिमेटम पत्र बुझाएका छन् ।

प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका तर्फबाट आइतबार मुख्यमन्त्री कार्कीलाई अल्टिमेटम पत्र बुझाएको हुन् ।

मन्त्री तिलकुमार मेन्याङबोमार्फत मुख्यमन्त्री कार्कीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।

मन्त्री मेन्याङेबोले संवैधानिक प्रक्रियाबाट नामकरण टुंगिएको बताएका थिए ।  उनले ‘चारजना बाहेकका सांसदले समर्थमा प्रदेशको नाम कोशी पास भएको पहिचानवादीलाई स्मरण गराएका थिए ।

सभामुख बाबुराम गौततमले पुन: नामकरणको सम्भावनाको ढोका खुल्ला रहेको बताउदै नामविहीन प्रदेश रहिरहँदा संघीयता कमजोर हुने डरले नामकरण भएको बताएका थिए । 

फागुन १७ गते प्रदेशको नाम कोशी राखिएसँगै प्रदेशमा पहिचानवादी संघ संगठनले आन्दोलन चर्काउदै आएका छन् । आन्दोलनकै क्रमा चैत ५ मा विराटनगरमा भएको प्रदर्शनमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को उपचारका क्रममा चैत १० मा मृत्यु भएको थियो ।

उनलाई शुक्रबार सरकारले शहीद घोषणा गरेको छ । यद्यपि उनको शव उठ्न सकेको छैन । उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।