धरान /  संघीय लोकतान्त्रिक मञ्च, संघीय लिम्बुवान मञ्च सुनसरीले मालपोत र नापी कार्यालयको जग्गा खरिद र भवन निर्माणमा व्यापक भ्रष्टाचार भएको भन्दै मंगलबार इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।

मालपोत र नापी कार्यालय सार्न रकम लिने तत्कालीन कार्यालय प्रमुखलाई कारबाहीको माग गर्दै मञ्चले अख्तियारमा उजुरी दिएको हो ।

मञ्चका सुनसरी अध्यक्ष अमर इजम र सचिव निर्मल राईले अख्तियारमा उजुरी दिएका हुन् ।

malpot-akhtiyar

malpot-akhtiyar1

उनीहरुले अख्तियारमा दिएको उजुरीमा विगतका परिस्थितिहरुसँग संघर्ष गरेर केही वर्षअघि मात्र राजनीतिक दल, नागरिक समाज, बुद्धिजिवी, सरोकारवाला र धरानका जनताहरुको पहलमा सहजतापूर्वक सेवा प्रवाह गर्ने उदेश्यले ल्याएको भएपनि भ्रष्टहरुले रकम अपचलन गरी धरान ६ पानबारीमा जग्ग्गा लिई भवन निर्माण गरेको उल्लेख गरेका कछन् ।

‘२०७२ सालमा सदरमुकाम इनरुवाबाट मालपोत र नापी कार्यालय धरान उपमहानगरपालिका वडा नं. १६ मा ल्याई स्थापना गरी सेवा सञ्चालन गर्न सफल भएको थियो ।

धराने जनता सहजतापूर्वक सेवा उपभोग गर्दै आइरहेको परिप्रेक्षमा मालपोत कार्यालय धरान १६ बाट धरान वडा नं. ६ स्थित पानवारीमा स्थानान्तरण गरी पानवारीमा लैजाने योजना संक्रमणकालीन समयमा जन प्रतिनिधि नभएको मौका छोपी २०७३ सालमा तात्कालिन मालपोत प्रमुख भिम गौतम र नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपाने भुमाफियाको मिलेमतोमा धरान र धराने जनताको विरोधका बाबजुत एक, एक कट्ठा जग्गा मालपोत र नापी प्रमुखले नवलसिंग आलेको नाममा जग्गा राजिनामा पास गरी आफन्त नातामा जेठी सासुको पति देवेन्द्र प्याकुरेलको नाममा तुरुन्तै अधिकृत वारेसनामा गरी राजु गौतम माउन्ट एभरेष्ट लेखा पढीको सञ्चालकलाई मिलिमतोमा बिक्री गरेको देखिन्छ ।’           

     मञ्चले दिएको उजुरीमा उल्लेख गरेको छ ।मञ्चले उजुरीको बोधार्थ भूमि व्यवथा तथा गरिबी निवारण मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, धरान उपमहानगरपालिकालाई दिएको छ । मञ्चका सुनसरी अध्यक्ष अमर इजमले राजिनामा लिखतको प्रतिलिपी विभिन्न व्यक्तीहरुको ८ थान, कित्ता काट श्रेस्ता प्लट रजिस्टर प्रतिलिपी समेत सलग्न गराई उजुरी दिएको बताए । यस अघि मञ्चले मालपोत र नापी कार्यालयको सार्ने विषयमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै आन्दोलन समेत गर्दै आएको थियो ।

मञ्चले मालपोत र नापी कार्यालयको गेट अगाडि धर्ना दिएर यस विषयमा विगतदेखि नै विरोध जनाउँदै आएको थियो ।यता पानबारीबासीले भने मालपोतको भवन तयार भइसकेको र नापीको भवन केही निर्माणको सम्पन्न हुन लागेको मालपोत र नापी कार्यालयले आफ्नै भवनबाट सेवा प्रवाह गर्न माग गर्दै आएका छन् ।

भवन निर्माणमा १० करोड खर्च भइसकेको जनाइएको छ । अहिले यी दुई कार्यालयले धरान १६ मा मासिक १ लाख रुपैया भाडावापत तिरेर बस्दै आएको मालपोत कार्यालयका प्रमुख चन्द्रप्रसाद मिश्रले बताएका छन् ।