धरान  /  समल वल्र्ड चाइल्ड डे केयर सेन्टर एण्ड मन्टेश्वरीले बार्षिक परीक्षामा उत्तीर्ण हुन विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । 

धरान ११ दुर्गा चौकमा रहेको सो मन्टीस्वरीले आइतबार आयोजना गरेको कार्यक्रममा उत्तीर्ण विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

ww

राष्ट्रपति सम्मान गर्दै राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रमको स्वागत मन्तव्य शिक्षिका हिङमाङले गरेकी थिइन् ।

कार्यक्रमको उद्घाटन प्रमुख अथिति अभिभावक चोङवाङसहित अन्य विशेष अतिथि र अथितिबाट गरिएको थियो । कार्यक्रममा एलकेजी,  कक्षा १ र २ का विद्यार्थीहरुले हिन्दी तथा नेपाली गीतसँगै साँस्कृतिक गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

w

wwwww

मन्टेश्वरीकी प्रिन्सिपल संगीता राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिति अभिभावक निर्मल चोङ्वाङ रहेका थिए भने मन्टेश्वरीका संस्थापक पारु तुम्हाम्फे विशेष अथिति रहेका थिए ।