धरान /   धरान १६ स्थित यु.एन. नबोदय कलेजले धरान उप महानगरपालिकाका मेयर हर्क साम्पाङले सुरुवात गरेको कोकाहा धरान खानेपानी अभियानमा पाईप खरिद गर्नका लागि नगद ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ।

धरान १८ स्थित बुद्धचोकमा कलेजका म्यानेजिङ डाईरेक्टर ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापो र अध्यापक राम लिम्बुले सम्युक्त रुपमा मेयर साम्पाङका सहयोगी दत्त कुमार लिम्बुलाई ५० हजार रुपैया नगद हस्तान्तरण गरे।

329854851_9251311698276519_8152131337151501982_n

कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानीको पाईप खरिद गर्न आर्थिक सहयोग गरिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए। कोकाहा खानेपानी योजनाका लागि सहयोग गर्ने ब्यक्ती वा सन्स्थालाई मेयर साम्पाङले विशेष धन्यवाद ब्यक्त गरे।

341128611_240051902018874_1610347201142305925_n-(1)

अर्को एक प्रसङ्गमा मेयर साम्पाङले कुहिएको सोचले देस नबन्ने स्पष्ट पार्दै धरानमा अब कार्यकर्ता नभएर श्रमदाता मात्र हुने बताए।आगामी बैशाख(९ गते विशाल श्रमदाताको सहभागितामा श्रमदान हुने जानकारी गराए।