मोरङ / बिराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँ पालिका ४ स्थित मंङ्गलबारे देखि बिराटनगरसम्मको सडक धुल्यामै हुदा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य रहेका छन । 

सडक निर्माण कार्यमा ठेक्केदार कम्पनीको लापरबाही गरेका कारण सडक धुल्यामै सँगै ठाउँ ठाउँमा परेका खाल्डाखुल्डी दैनिकी सो सडकमा आवतजावत गर्ने सर्वसाधारणहरु जोखिम मोलेर आवतजावत गर्ने बाध्य रहेका छन ।

kmc_20230417_100545 

रंगेलीदेखि बिराटनगरसम्म पुग्न आधा घण्टामात्र लाग्छ । अहिले भने सडक मर्मत हुँदै गरेका कारण डेढ घन्टासम्म लाग्ने गरेको स्थानीय बाल कृष्ण उप्रेतीले बताए । उनले भने–‘सडक पूर्ण रुपमा निर्माण सम्पन्न नहुँदा अधकल्चो छोडिएको छ, विराटनगर पुग्दा धुलोले पुरिन्छ, ठाउँ ठाउँमा भएका खाल्डाका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।’

kmc_20230417_100754

एनले बिराटनगर पुगेर घर फर्कदा घुलोका कारण बिरामी पर्ने गरेको सुनाए । सवारी साधन समेत खाल्डाखुल्डी र धुवाका कारण मर्मत गरिराख्नुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

  रंगेली बिराटनगर सडक खण्डको अन्तर्गत धनपालथान गाउँ पालिका मंङ्लबारे देखि बिराटनगरसम्मको १६ किलोमिटर सडक निर्माणकार्य सुरु भएको तीन  बर्ष बितिसक्दा समेत निर्माण कार्य ठेक्कदार कम्पनीले गर्न सकेको छैन । जसले गर्दा सो सडक भएर आवातजावत गर्ने सर्वसाधारणले ज्यान जोखिमा पारेर हिड्न बाध्य  छन । 

kmc_20230417_100709 

नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाक राजमार्ग निर्देशनालयले उक्त सडक निर्माणकार्यका लागि पीएस गजुरमुखि मोतिदान जेवीलाई  २०७६ कार्तिक २४ गते सम्झौता गरेर २०७९ कार्तिक सम्म निर्माणकार्य सम्पन्न गर्ने जिम्मा दिइएको् थियो । तर समय अबधि सकिएर पनि ३६ महिना  पुगिसक्दा पनि अहिलेसम्म पनि सडको काम सम्पन्न हुन सकेको छैन । 

kmc_20230417_100733

हुलाकी राजमार्ग अन्तर्गतको रंगेली नगरपालिका को ७ किलोमिटर कालिका कन्ट्रक्सनले ठेक्का समय भन्दा १ बर्ष अगाडि नै निमार्ण कार्य सम्पन्न गरेको भएता पनि मंङ्लबारे देखि बिराटनगर सम्मको १६ किलोमिटर सडक भने  अहिलेसम्म निर्माण कार्य सम्पन्न हुन सकेको छैन ।

धनपालथान गाउँपालिकाको मंगलबारेदेखि  जुडिपुल सम्मको सडक निर्माणकार्यका लागि  पीएस गजुरमुखि मोतीदान जेभि बानेश्वरले  पाएको छ । त्यसैगरी जुडी पुलदेखि बिराटनगरको हाटखोलासम्मको सडक निर्माणकार्य गर्ने  श्रेष्ठ कन्सट्रक्सन कम्पनी हेटौडाले पाएका हो ।