धरान  /  धरानमा पनिआज इस्लाम धर्मावलम्बीको महान् पर्व ‘इदुलफित्र’ मनाइँदै छ । ईद पर्वमा अल्लाह{ भगवान}  का नाममा विशेष नमाज {प्रार्थना} गर्ने इस्लाम परम्परा छ ।

nnnnnn

ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी {धर्मगुरु}ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् ।

nawajjj

धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ {गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु}  को खिर र मिष्ठान्न परिकार खाने खुवाउने चलन रहेकाे फिरोज अलिले बताए   । 

nawajh

यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा {व्रत}  बसेर मनाउँदै आएकाे बताए। रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ

nawajj

चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । गत मार्च २५ मा चन्द्रमा देखिए पछि  व्रत बस्न सुरु भएको थियो भने हिजो {शुक्रबार } साउदी अरब, मक्का मदिनामा चन्द्रमा देखिए पछि ‘इदुल फित्र’ पर्वको तिथि तय भएको  सोही अनुसार आज मनाउन लागिएको अलीले बताए ।

nnnnnnn

ईदमा इस्लाम धर्मावलम्बीले गरिब र असहायका लागि ‘जकात’ अर्थात् आफ्नो कमाइको २.५ प्रतिशत रकम कोषमा दिने परम्परा रहेकाे  फिरोज ले बताए ।

na

ईदमा सरकारले देशभर सार्वजनिक बिदा दिने गरेको छ ।

nn

nawajjjj

nab

n