धरान /  मेघा हिमालयन कलेजले शनिबार आयोजना गरेको ‘मिस्टर एन्ड मिस फेयरवेल’ को उपाधि खुशीमान माझी र मेलिना राईले हात पारेका छन् ।

उनीहरूको छनोट ‘मिस स्टेट २०२१’ श्वेता भुजेलले गरेकी थिइन् । उनी पनि मेघाकै विद्यार्थी हुन् । कक्षा १२ का विद्यार्थीहरूको विदाइका लागि कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा ‘मिस्टर एन्ड मिस फेयरवेल’ प्रतियोगितालाई पनि जोडिएको थियो । सो प्रतियोगितामा विदाइ भएर जान लागेका कक्षा १२ का विद्यार्थीहरूले भाग लिएका थिए । मेघाले यस्तो प्रतियोगिता यसै वर्ष शुरु गरेको हो ।

342616181_1198547740829752_7282966800817868476_n

अब हरेक वर्ष यसलाई निरन्तरता दिइने मेघाका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले बताए । विद्यार्थीमा आत्मविश्वास बढाउन यस्तो प्रतियोगिता आयोजना गर्न थालिएको प्राचार्य भाष्कर पौड्यालले जनाए ।  

341514814_4608042255985982_4833753987308196655_n

सोही अवसरमा धरानको इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले विद्यार्थीहरूलाई साइबर अपराध र यसबाट जोगिन अपनाउनुपर्ने सचेतताबारे जानकारी दिएका थिए । यसैगरी, असइ सुमन दाहालले लागूऔषधले व्यक्ति, परिवार, समाज र देशलाई पु¥याउने नकारात्मक असर र यसबाट जोगिने उपायबारे जानकारी दिएका थिए ।

342807384_630822668859282_8757782024586057260_n

किशोरावस्थामा कुलत र गलत क्रियाकलापतर्फ लाग्ने सम्भावना बढी हुने भएकाले उनीहरूलाई बेलैमा चेतना दिनु आवश्यक भएको मेघाका अध्यक्ष कैलाश लिम्बूले बताए । ‘यसले उनीहरूलाई असल बाटोमा अघि बढ्न उत्प्रेरणा प्रदान गर्ने हाम्रो विश्वास छ ।’ लिम्बूले भने । कार्यक्रममा सशस्त्र प्रहरीका डीएसपी सुरज रिजाल पनि उपस्थित थिए ।

त्यस क्रममा कक्षा ११ का विद्यार्थीहरूले विभिन्न गीत र नृत्य प्रस्तुत गरेको व्यवस्थापन सङ्काय संयोजक चन्द्र वनेमले जानकारी दिए ।