धरान /  बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा शनिबारदेखि आठौ बास्केटबल ट्यालेन्ट हन्ट तथा ट्रेनिङ क्याम्प सुरु भएको छ ।

एसइइ दिएर बसेका विद्याथीहरुलाई लक्षित गरी आयोजना गरिएको ट्यालेन्ट हन्टमा धरानभरिका विभिन्न स्कुल तथा कलेज बाट करिब ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । ट्यालेन्ट हन्ट तीन हप्ता सम्म चल्ने छ  । एसईइ दिएर बसेकाहरुलाइ भने विद्यार्थीको क्षमता अनुसार नतिजा नआइन्जेलसम्म संघले निरन्तर प्रशिक्षण दिने सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुबेदीले जानकारी गराए ।

342488318_6033048856790302_596949207655189619_n

ट्यालेन्ट हन्टमा सहभागी जनाएका उत्कृष्ट विद्यार्थीलाई विद्यार्थीको इच्छा अनुसार धरानको विभिन्न कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने समेत अध्यक्ष सुबेदीले जनाए । संघले अहिलेसम्म सय भन्दा बढी विद्यार्थीहरुलाइ छात्रवृत्तिमा सिफारिस गरिसकेको छ ।  

 धरान १६ मा रहेको धरान रंगशालाको इन्डोर बास्केटबल कोर्टमा सञ्चालन क्याम्पको उदघाटन संघका अध्यक्ष नारायण सुवेदीले गरेका थिए ।  उद्घाटन कार्यक्रममा धरान १८ स्थित कार्मेल हाइ स्कुलका तर्फबाट ट्यालेन्ट हन्ट कार्यक्रमलाई नगद ५ हजार रुपैया सहयोग गरेका छन ।

सहयोग रकम स्कुलका सञ्चालक दोरचु शेर्पाले संघका अध्यक्ष नारायन सुबेदीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा युवा नेता एव अग्रज पत्रकार भिमज्वाला राई, धरान बास्केटबल संघका कोषाध्यक्ष गौरबमान श्रेष्ठ, धरान १९ न. वडा सदस्य लोकेन्द्र राई लगायतको उपस्तिथिति रहेको थियो ।

ट्यालेन्ट हन्टमा सहभागीहरुलाइ राष्ट्रिय प्रशिक्षक विकाश चाम्लिङ राई र उनका सहयोगीहरु प्रदेश १ बास्केटबल टिम क्याप्टेन बिबेक श्रेष्ठ, राष्ट्रिय खेलाडी डा. आशा राइ, युगल लिम्बू, दिवस राई, सुसन श्रेष्ठ लगायतले प्रशिक्षण दिएका छन् ।