धरान /  एम्स एकेडेमीले ‘पहिलो एम्स एसईई फुटसलकप २०८०’ आयोजना गर्ने भएको छ । 

एकेडेमीले शुक्रबार पत्रकार भेटघाट आयोजना गर्दै प्रतियोगितामा एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू सहभागी हुने बताएको छ । यही वैशाख २९ र ३० गते आयोजना हुने प्रतियोगिताका विजेताले १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ तथा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने एकेडेमीका स्नातक तह संयोजक हेमन्त भण्डारीले जानकारी दिए ।    

त्यस क्रममा कार्यक्रम संयोजक युवराज अधिकारीले प्रतियोगितामा कम्तीमा २० वटा टिम सहभागी हुने अपेक्षा रहेको बताए । प्रत्येक खेलका उत्कृष्ट खेलाडी र प्रतियोगिताभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागिसमेत पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अधिकारीले जनाए । 

एकेडेमीका प्राचार्य मित्र तामाङले जनाएअनुसार सामुदायिक र संस्थागत विद्यालयबाट एसईई परीक्षा दिएका विद्यार्थीहरूले प्रतियोगितामा भाग लिन पाउनेछन् । शिक्षासँगै विद्यार्थीहरूको मानसिक र शारीरिक विकासका लागि खेल पनि आवश्यक हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका शेयर सदस्य विदुर महतले बताए । आगामी वर्ष पनि प्रतियोगिताले निरन्तरता पाउने प्राचार्य तामाङको भनाइ छ ।