धरान /  पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ ।

भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको छ। 

निमर्णधीन अरुण तेस्रो आयोजनाले अरुण नदीमा निर्माण गरेको डाइभ्रसन च्यानल पहिरोले क्षति ग्रस्त बनाउँदा डाइभ्रसन च्यानलबाट गएको अरुण नदी थुनिएको हो । 

अहिलेसम्मा कुनै मानवीय क्षति नभएपनि निर्माण सामग्रीहरु हटाउने काम भइरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।