फिदिम । पाँचथरको सदरमुकाम फिदिममा नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्ध पहिचानवादीहरुले मसाल जुलुस निकालेका छन् ।
प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै उनीहरुले विरोधमा मसाल जुलुस निकालेका हुन् ।
फिदिमस्थित चुम्लुङ हिमबाट निस्केको मसाल जुलुस शिवालय, लोकतन्त्र चोक र भानु मार्ग हुँदै गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्ने पहिचानवादीहरुले जबरजस्त ढंगबाट ‘कोशी’ पक्षमा मतदान गराएको दाबी गर्दै कोशी नाम खारेजीको माग गरेका थिए ।
मसाल जुलुसको नेतृत्व भने संघीय लोकतान्त्रि राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन र किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले गरेका थिए ।