संखुवाभा /  पहिरोले संखुवाभाको नुम फाक्सिन्दा स्थित अरुण नदीमा बनाइएको डाइभ्रसन च्यानलमा क्षति पुगेको छ ।

सुख्खा पहिरो झरेर नदी थुनिएको स्थानीय बासिन्दाले बताएका छन् । भारतीय कम्पनी सतलजले अरुण नदिमा बाध निर्माणको लागि बनाएको डार्ईभसन च्यानल पहिरोले क्षती ग्रस्त बनाएको हो ।

अहिले नदीमा ७० प्रतिशत पानी जमेको प्रहरीको भनाई छ । १०–१५ प्रतिशत पानी निकास हुँदै आएको छ । एकैपटक पानी निकास गर्दा जम्मा भएको पानीको वहावले क्षति पुर्‍याउने भएकोले निकासको विषयमा छलफल भइरहेको प्रहरीले जनाएको छ ।

अहिले पनि पहिरो खस्न भने नछोडेको स्थानीयले बताएका छन् । अहिलेसम्म भौतिक तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।