धरान /  सामुदायीक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी प्रदेशको बैठकले असार मसान्त सम्ममा सबै पालिका र जिल्लामा समिती गठन सक्ने निर्णय गरेको छ । 

महासंघका केन्द्रिय सचिव काशीनाथ दंगालको प्रमुख आतिथ्यतामा भएको बैठकले पालिका र जिल्ला समिती गठन गर्ने निर्णय सहित कार्यसमितीमा थप पदाधिकारी र जिल्लामा सहजीकरण तथा समन्वयका लागि जिम्मेवारी समेत बाडँफाड गरेको छ । 

कमिटीको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा खोटाङका देवराज घिमिरे, उपाध्यक्षहरुमा ताप्लेजुङका लक्ष्मी बहादुर याक्सो र सुनसरीबाट दिभा श्रेष्ठ सहित महासचिवमा खोटाङका तुलसी कूमार राइ, सचिवमा भोजपुरका मोहन कार्की र सुनसरीका हरि बहादुर कार्की रहेका छन् । 

त्यसै गरि जिल्लामा सहजीकरण तथा समन्वयका लागी सहजकर्ताको रुपमा झापाको लागि ओमप्रकास पाठक, खिनामाया बस्नेत, मोरङ्गका लागि उर्मिला सुवेदी, इलाम चन्द्र गुरुङ्ग, सुनसरीमा हरी बहादुर कार्की, ताप्लेजुङ्गमा लक्ष्मी याक्सो, तेजप्रताप सुब्बा, संखुवासभामा प्रमिला सुवेदी, भोजपूरमा मोहन कार्की, खोटाङ्गमा देवराज घिमीरे र तुलसी कूमार राइ,

ओखलढुङ्गामा होम वा .तामाङ्ग, सोलुमा नारायण वस्नेत र पेम्वा छिरीङ्ग शेर्पा, उदयपूरमा रमेश थापा र पूर्ण सिंह तामाङ्ग, तेह्रथुममा  असोक कुमार लिम्बु, धनकुटामा रुद्र राइ रहेका छन् । पाँचथरमा भने पछि तोक्ने निर्णय गरेको छ । 

अध्यक्ष सागर खत्री ९के।शी।० को अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य विनोद कुमार झाको विशेष अतिथ्यता रहेको थियो ।