धरान । टियु अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ । 

सोमबार यूएईले ३३.१ ओभरमै अलआउट हुँदै नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो । आज बिहान ९ बजे देखि सुरु भएको खेलमा युएईलाई सात विकेटले हराउँदै नेपालले उपाधि जितेको हो । युएईले दिएको लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । 

खेलमा गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए । यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए । त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।