खाँदबारी । हेलिकोप्टर दुर्घटनामा गम्भिर घाईते भएका एकजनाको मृत्यु भएको छ । स्थानीय ५० वर्षीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
उनलाई उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।
मृतक गुरुङ हेलिकोप्टरमा सहयोगीका रुपमा काम गर्दै आउएका थिए । दिउँसो हम्मरेडाँडाको रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटना भएको प्रहरीको भनाइ छ । हेलिकप्टर दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, को–पाइलट छिरिङ भोटे, अर्का सहयोगी मनोज थापा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शङ्कर घाइते भएका छन् । घाइते चार जनालाई काठमाडौं पठाइएको छ ।
दिउँसो संखुवासभाको भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा सिम्रक एयरको हेलिकप्टर दुर्घटना भएको थियो ।




















