धरान / सिम्रिक एयरको हेलिकप्टर दुर्घटना दुईजना गम्भीर घाईते घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ ।
हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, सदस्य टिम छिरिङ भोटे, स्थानीय भबिन गुरुङ थिए । त्यसमध्ये क्पाप्टेन र गुरुङको गम्भीर घाईते अवस्थामा उद्धार गरिएको छ ।
अरुण तेस्रोको सामान बोकेर गएको सिम्रिक एयरको हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको । जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार संखुवासभाको भोटखोला ४ मा हेलिकप्टर दुर्घटना भएको थियाे । हेलिकप्टर दुर्घटना भएको नजिकै अरुणनदि रहेको छ ।अहिले घटनास्थलमा प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेका छन् ।




















