धरान /  शुक्रबार २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर शुक्रबार बुद्ध जयन्ती भब्यताका साथ मनाइयो ।

वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई वुद्धका त्रि संयोगको रुपमा मनाइन्छ ।

यसै क्रममा धरानमा पनि २५६७ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो । धरानमा रहेका विभिन्न गुम्बाहरुले विहान संयुक्त रुपमा शान्तिको र्‍यालीको आयोजना गरेका थिए ।

कतिपय गुम्बाहरुले भने बुद्ध जयन्ति साप्ताहिक रुपमा मनाएका थिए । धरान ८ सिद्धार्थ चौकमा रहेको बुद्ध विहार अन्तर्गतको ज्ञानमाला संघ पूर्वाञ्चल उपाध्यक्ष  चन्द्र हलुवाइले विभिन्न पाठपूजा तथा स्वास्थ्य शिविरसहित शुक्रबार शान्ति र्‍यालीको अयाोजना गरेर मनाइएको बताइन् ।

यस्तै धरानमै रहेको शेर्पा गुम्बाका अगुवा मिङमा शेर्पाले विश्व शान्तिको कामना गर्दै धरानमा शान्ति ¥याली निकालिएको बताइन् ।

२५ सय ६७ वर्ष अघि कपिलवस्तुको तिलौराकोटमा राजा शुद्धोधन र आमा मायावतीको कोखबाट जन्मिनु भएका राजकुमार सिद्धार्थको सम्झनामा प्रत्येक बर्ष वैसाख पूर्णिमाको दिन बुद्ध जयन्ति मनाउने प्रचलन छ । यस अवसरमा गुम्बा, चैत्य, विहार, मठलगायतका पवित्र स्थानमा पूजा पाठ गर्ने गरिन्छ ।