मोरङ / प्रहरीले सुनसरीको इटहरीमा नक्कली नोटसहित एक युवकलाई पक्राउ गरेको छ ।

सुनसरीको गढी गाउँपालिका २ का ३८ वर्षीय जमिल खातुनलाई इटहरी उपमहानगरपालिका १ आँपगाछीमा नक्कली नोटबाट सामान खरिद गरेको पाइएपछि गरिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीको टोलीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनको साथबाट ६ थान एक हजार दरको र २२ थान ५ सय दरकोे नक्कली नोट भेटिएको प्रहरीले जनाएको छ । नक्कली नोटको कारोबारबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

उनले गत वैशाख २१ गते इटहरीमा लागेको सिरुवा मेलामा एक हजार रुपैयाँको नक्कली नोट दिएर सामान किनेको पाइएको छ । सो नक्कली नोट फेला परेपछि अनुसन्धान थालेको प्रहरीले उनलाई पक्राउ गरेको हो ।