विराटनगर / उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।    

केही दिन अघि सम्पन्न एसिसि प्रिमीयर कपमा राष्ट्रिय टिमले ऐतिहासिक जित निकाल्दै एशिया कपमा क्वालीफाईड भएकोमा सम्मान गर्न लागेको हो । भारत, पाकिस्तान जस्ता विश्व क्रिकेटमा वर्चस्व कायम गर्न सफल टेस्ट क्रिकेट खेल्ने राष्ट्रसंग खेल्ने अवसर प्राप्त गरी राष्ट्रिय गौरव उचो वनाएको खुशियालीमा खेलाडीको सम्मान गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो । 

सम्मान कार्यक्रम संगै खेलाडीहरुको नगर परिक्रमा गराईने कार्यक्रम रहेको छ । २०८० वैशाख २७ गते वुधवार दिनको ११ः४५ मा कन्चनवारी एयरपोर्ट मोडबाट–बरगाछी–तीनपैनि–मेनरोड, ट्राफिक चोक हुदै रोडशेष चोकसम्म र त्यहाबाट पुनः महेन्द्र चोक हुदै बरगाछीसम्म परिक्रमा गर्ने गरी रुट तय गरिएको कार्यक्रम संयोजक उद्योग संगठन मोरङ कार्यसमिति सदस्य एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले वताए ।

सोही दिन आयोजक संस्थाले राष्ट्रिय टिमका खेलाडी तथा अफिसियललाई संयूक्त रुपमा सम्मान गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल राष्ट्रिय टिमका ट्रेनर अब्दुल सतारको स्वास्थ्य उपचारमा सहयोगार्थ तीनवटा संस्थाका तर्फबाट आर्थिक सहयोग गर्ने कार्यक्रम समेत रहेको लुनियाले वताए । 

एसिसि कपको छनौट चरणका सबै खेलमा उत्कृष्ट प्रदर्शन गरी क्रिकेट खेलका माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा  देशको शिर उचो पार्न सफल खेलाडीको सम्मानमा आयोजना गरिने नगरपरिक्रमाको क्रममा आ–आफनो स्थानबाट स्वागत गरि खेलाडीहरुलाई हौसला प्रदान गरिदिन सबैमा अनुरोध गरेको छ