धरान / वडाध्यक्ष माथी दुर्व्यवहार गरेको बिरोधमा धरान उपमहानगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य हरुले सुरक्षाको माग गर्दै इलाका प्रहरी कार्यलय घेराउ गरेका छन् ।
उनिहरुले मेयर हर्कराज राइको समुहले अराजकता मच्चाउदा जनप्रतिनिधिहरु असुरक्षित बन्दै गएकाले सुरक्षाको माग गर्दै ईलाका प्रहरी कार्यलय पुगेका हुन् ।
आइतबार १७ नम्बर वडाध्यक्ष माथी मेयर हर्क साम्पाङको समुहले दुर्व्यवहार गरेको थियो । सामाजिक सन्जाल मार्फत अन्य वडाध्यक्ष हरु लाई समेत अपमान जनक शब्द हरु प्रयोग गर्दै गाली गलौज गर्न थाले पछि सुरक्षा को माग गर्दै प्रहरी कार्यलय घेराउ गरेका हुन् ।
वडाध्यक्ष सहित इलाका प्रहरी कार्यलय पुगेका वडाध्यक्षका समर्थक हरुले मेयर बिरुद्ध नाराबाजी गरेका थिए । उनिहरुले मेयरले नै राजिनामा दिन पर्ने माग गरेका थिए । मेयर हर्क राज राइको समुहले अराजकता निम्त्याएको उनिहरुको आरोप छ ।
त्यसै गरि सम्पुर्ण वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु संयुक्त बिज्ञपति जारी गर्दै वडा नम्बर १७ का [मनोज} माथि टोल विकास संस्था [TLO ]हरुको बैठकमा रहेको बेला धरान इलाका प्रहरी कार्यलयमा केही प्रवेश गरि हुल हुज्जत गर्दै आक्रमण गरेको घटनामा सदस्यहर साथै उक्त घटनाका दोषि उपर कड़ा कानूनी कारबाहीको माग गरेको छ ।
नगर प्रमुख र नगर प्रमुखका समर्थक हरुले विभिन्न सामाजिक सञ्जालमा विभिन्न समयमा वडा अध्यक्ष सदस्यहरुमाथि अपमानित भाषा प्रयोग गरि गालिगलौज तथा धाक धम्कि दिने सामाजिक प्रतिष्ठामाथि आफ्ना समर्थकहरुलाई अराजक कार्यगर्न उक्साउने लगायत नियोजित कार्यक वडाध्यक्ष माथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको हाम्रो ठहर गरेको छ ।
कानुन, विधि र पद्धतीको पालनाले मात्रै विकास र शुसासन सम्भव हुने भएकाले धरानमा भईरहेका अराजक गतिबिधिलाई रोक्न नगर प्रमुखको मुख्य भुमिका हुने भएकाले मेयरले नै भुमिका खेल्न बिज्ञपति मार्फत आग्रहा गरेको छ ।
धरानमा शान्ति सुरक्षा कायम गरि जनप्रतिनिधिले सुरक्षित वातावरणमा जनताको सेवा गर्ने वातावरण तयार गर्न प्रशासनसँग पनि माग गरेको छ ।