विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बन क्षेत्रलाई प्रदेश सरकारले राजस्व संकलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताएका छन् । 

पर्यटन, वन तथा वातावरण मन्त्रालयको त्रैमासिक प्रगति समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको सबै भन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि बन मन्त्रालयबाट राजस्व योगदान कम रहेको बताए ।  

‘प्रदेश भित्रका धेरै सामुदायिक बनहरुले राजस्वमा योगदान पु¥याई रहेको चर्चा गर्दै सामुदायिक बनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताए ।

उनले भने, ‘प्रदेश भित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ ।’   

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै उनले बनलाई पर्यटनसँग जोडेर लैजादा निजी क्षेत्रलाई पनि सँगसँगै लैजान आवश्यक रहेको मुख्मन्त्री कार्कीको भनाइ छ ।

उनले खुल्ला चिडिया खानाको अवधारणा बारे बन मन्त्रालयले गरिरहेको अध्ययन आगमी आर्थिक वर्ष २०८०÷०८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्नेमा जोड दिए ।