धरान / कर्कट लग्न भएका मानिसका लागि मोती धेरै उत्तम मानिन्छ, जसले दीर्घायु तथा समृद्धि ल्याउनेछ । त्यसैगरी यसले वृश्चिक लग्न भएका मानिसलाई धन जोड्न सहयोग पुर्याउछ भने मकर लग्न भएका व्यक्तिलाई पारिवारिक सुख प्राप्त हुन्छ । यस्तै, मीन लग्न भएका मानिसमा ज्ञान वृद्धि गर्न र सन्तान प्राप्तिको सम्भावना उच्च पारिदिन्छ ।

पश्चिमा ज्योतिष मापदण्डका अनुसार मोती जुन महिनामा जन्मिएका मानिसका लागि धेरै उत्तम मानिन्छ । सामान्यतया कर्कट राशि र सोमबार जन्म भएकाहरूका लागि पनि मोती धारण फलदायी मानिन्छ ।