सुनसरी । मंगलबार १ लाख ११ हजार २ सय रुपैया रहेको छापावाल सुनको मूल्य ४ सय रुपैयाले बडेर बुधबार १ लाख ११ हजार ६ सय रुपैया पुगेको छ । 

 तीन दिनदेखि चाँदीको मूल्य भने स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ५० रुपियाँमा कारोबार भइरहेको छ । 

चाँदी भने प्रतितोला १ हजार ४ सय ४५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।