सुनसरी/  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङ्रेसका नेता तथा पुर्व गृहमन्त्री बाल कृष्ण खाडलाइ प्रहरिले पक्राउ गरेको छ । 

प्रहरी उच्च स्रोतका अनुसार खाणलाई मैजुबहालस्थित निवासबाटै बुधबार पक्राउ गरिएको हो। खाणकि पत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए। उनी जतिबेला पनि भाग्न सक्ने शंका बढेपछि प्रहरीले ‘जरूरी पुर्जी’थमाएर  बुधबार पक्राउ गरेको छ ।

त्यसै गरि खाणका निजी सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले  पक्राउ गरेको छ । खाँण पक्राउ परेलगत्तै प्रहरीले उनका निजी सचिव केसीलाई पनि पक्राउ गरेको हो ।

 कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ।