सुनसरी । वैदेशिक रोजगार बिभागबाट अनुमती नलिइ संचालनमा रहेका इटहरीका चार वटा म्यानपावरमा वैदेशिक रोजगार विभागले ताला लगाएको छ । 

करिब दशवटा म्यानपावर कम्पनी अनुगमन गरेपछि चार वटा कम्पनीमा ताला लगाइएको हो।                                                    बिभागका निर्देशक कृष्णप्रसाद भुसालको टोलीले इटहरीमा संचालनमा रहेका म्यानपावरको अनुगमन गरेका थिए ।            अनुगमनका क्रममा इजाजत नलिइ संचालनमा रहेका इटहरीका वल्र्ड एट वर्क कन्सल्टेन्ट प्रालि, मित्र म्यानपावर, डिलक्स एचआर सोलुसन प्रालि र एड्भान्स रिक्रुटमेन्ट सर्भिस प्रालिमा ताला लगाइएको हो ।                                  अवैधरूपमा सञ्चालन गर्दै आएको म्यानपावर कम्पनीहरूबाट अनुगमनको क्रममा केही थान पासपोर्ट पनि जफत गरिएको अनुगमन टोलीले बताएको छ।  

वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त गरेर सञ्चालनमा रहेका अन्य म्यानपावर कम्पनीहरूलाई पनि नियमकानुनको अधीनमा रही काम कारबाही अघि बढाउन भुसालले निर्देशन दिएका छन्।