धरान /  आइतबार बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले नदीजन्य पदार्थको उत्खनन, उपयोग र व्यवस्थापन सम्बन्धमा बनेको मापदण्डलाई संसोधन गरेर पारित गरेको छ ।

प्रवक्ता एवम् वडा नं. १७ का वडाध्यक्ष सूर्यकुमार भट्टराईका अनुसार नदीजन्य पदार्थको उत्खनन् उपयोग र व्यवस्थापनकाका विषयमा व्यापक छलफलपछि संसोधन गरिएको हो ।

उनले ‘नदीजन्य पदार्थे नगरभित्र मात्र प्रयोग गर्ने कार्यविधि बनाइएको बनाएको बताए । उनले बैठकमा धरानका जनप्रतिनिधिहरुलाई आ–आफ्नो कमीकमजोरी स्वीकार गर्दै अब उप्रान्त सबैजना एकतावद्ध भएर अगाडि बढ्ने र धरानलाई विधि र पद्धतिबाट विकास गरेर लाने सहमति भएको बताए । 

उनले भने–‘हामीले मेयरले अभिभावकीयरुपमा कार्यपालिका सस्दयहरुले उठाएको मागहरुलाई सम्बोधन गरेको र हिजोका निर्णयहरु फिर्ता लिएर एकतावद्ध भएर अघि बढ्ने प्रतिवद्धता जनाएका छौं ।’ उनले मेयरले हिजोका निर्णय फिर्ता लिएर कमजोरीकोरुपमा नलिई एकतावद्ध भएर अगाडि बढ्न अभिभावकको गर्ने प्रतिबद्धता जनाएको बताए ।